नेप्सेलाई आइएमई लाइफको पत्रः पुस मसान्तभित्र सभा गर्न सकिएन

२९ पुष २०८१, सोमबार १०:१२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुस मसान्तभित्र सभा गर्न नसकिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई पत्र पठाएको छ।

कम्पनीले आर्थिक वर्ष २०८०।८१ को वार्षिक वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्य बाह्य लेखापरीक्षकबाट सम्पन्न भई अन्तिम स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गर्ने काम भइरहेकाले सभा गर्न ढिलो भएको जानकारी दिएको छ।

कम्पनी ऐन, २०६३ अनुसार कम्पनीको वार्षिक साधारणसभा आर्थिक वर्ष समाप्त भएको मितिले ६ महीनाभित्र सम्पन्न गरिसक्नु पर्ने प्रावधान छ। यस प्रावधान अनुरुप पुस मसान्तसम्म सभा गर्नुपर्ने हुन्छ।

आइएमई लाइफले नेपाल बीमा प्राधिकरणबाट प्रतिवेदन स्वीकृत हुने बित्तिकै सभा आयोजना गर्ने प्रतिबद्धता समेत जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*