माघ महिनामा कुन बैंकले कति दिँदैछन् ब्याजदर?

२९ पुष २०८१, सोमबार ०९:५९

काठमाडौं । वाणिज्य बैंकहरूले माघ महीनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। माघ १ गतेदेखि लागू हुने गरी सार्वजनिक गरिएको नयाँ ब्याजदरअनुसार अधिकांश बैंकहरूले पुस महीनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

तथ्याङ्कअनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकहरूले पुस महीनाकै ब्याजदरलाई माघ महीनामा पनि निरन्तरता दिएका छन्। पुसमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ ५.५ प्रतिशत ब्याजदर ताेकेको लक्ष्मी सनराइज बैंकले माघमा ५.७५ प्रतिशत कायम गरेको छ। केही बृद्दि गरेकाे छ ।

यता कृषि विकास बैंकले ५.५७ प्रतिशतबाट झारेर ५.५१ प्रतिशत कायम गरेको छ भने नेपाल एसबिआई बैंकले ६ प्रतिशतबाट झारेर ५.५ प्रतिशत कायम गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*