शेयर संरचना परिवर्तन गर्दै सामुदायिक लघुवित्त

२९ पुष २०८१, सोमबार ०८:४७

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी समूहको ८.५४ प्रतिशत शेयर सर्वसाधारणमा शेयरधनी समूहमा परिवर्तन गर्ने भएको छ।

साविक सामुदायिक लघुवित्त वित्तीय संस्था र बीपीडब्लू लघुवित्त वित्तीय संस्था आपसमा गाभिएर सामुदायिक लघुवित्त बनेको हो।

हाल कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६९.६५ प्रतिशत र सर्वसाधारणतर्फ ३०.३५ प्रतिशत छ। परिवर्तनपछि संस्थापक समूहको ६१.११ प्रतिशतमा झर्नेछ भने सर्वसाधारण समूहको ३८.८९ प्रतिशत शेयर संरचना रहनेछ।

कम्पनीको पुस ७ गते बसेको बैठकले शेयर संरचना परिवर्तन गर्ने निर्णय गरेको थियो, जसलाई नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ।

आफ्नो संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन गर्न नचाहने शेयरधनीलाई ३५ दिनभित्र केन्द्रीय कार्यालयमा निवेदन दिन कम्पनीले आग्रह गरेको छ। उक्त म्यादभित्र आवेदन नपरेमा स्वतः शेयर परिमार्जन गरिने कम्पनीले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*