नेबि संघ प्रदेश सभा ‘क’ बझाङको अध्यक्षमा कठायत, सचिवमा शेखर रोकाया

२८ पुष २०८१, आईतवार १३:४३

काठमाडौँ । नेपाल विद्यार्थी संघ प्रदेश सभा ‘क’ बझाङले नयाँ कार्यसमिति विस्तार गरेको छ। संघको विधान २०२७ को सातौं संशोधन २०७५ अनुसार अध्यक्ष विनोद कठायतको नेतृत्वमा समितिको विस्तार गरिएको हो।

विस्तारित कार्यसमितिमा छ जना उप–सभापति रहेका छन् । पशुपति खड्का, प्रविन कुमार खड्का, सन्देश बुढा, अर्जुन बोहरा, चन्द्र प्रकाश धामी र किशोर पण्डितलाई उप–सभापतिको जिम्मेजारी दिएको हो ।

त्यस्तै, काठमाडौँको रत्नराज्य लक्ष्मी क्याम्पसमा अध्ययन शेखर रोकायासहित तीन जना सचिवमा चयन भएका छन् । रोकाया क्याम्पसमा अब्बल र कुशल नेतृत्वकर्ताको रुपमा परिचित छन् । शेखरसहित नवीन रोकाया र अशोक जोशी सचिवमा चयन भएका छन्। यता, कोषाअध्यक्षको जिम्मेवारी अस्मिता सिहंलाई दिएको छ ।

संघले विधि, विधान र मर्यादाभित्र रही संस्थालाई गतिशील बनाउने विश्वास व्यक्त गरेको छ। अध्यक्ष कठायतले कार्यकाल उपलब्धिमूलक हुने प्रतिबद्धता व्यक्त गर्दै संघलाई थप उचाइमा पुर्‍याउने अपेक्षा गरेका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*