मेटलाइफको ‘सधैँ तपाईको साथ’ कार्यक्रमः ग्राहकप्रति व्यक्तिगत सेवा र भरपर्दाे सम्बन्धको प्रतिबद्धता
काठमाडौं । मेटलाइफ नेपालले आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध बढाउन र निरन्तर सहयोग प्रदान गर्नका लागि मेटलाइफ ‘सधै तपाइको साथ’ (विथ यु) कार्यक्रमको शुरूआत गरेको छ।
यो कार्यक्रम मार्फत कम्पनीले ग्राहकसँगको सम्बन्धलाई सुदृढ पार्ने उद्देश्यले आफ्नो बीमा योजना र अतिरिक्त सेवका बारेमा जानकारी प्रदान गर्दै कम्पनीप्रति विश्वस्त रहन सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।
यस कार्यक्रमको मुख्य उद्देश्य ग्राहकहरुलाई व्यक्तिगत सेवा प्रदान गर्ने प्रतिबद्धता रहेको कम्पनीले जनाएको छ । मेटलाइफका अभिकर्ताहरूले आफ्ना ग्राहकहरूसँग नियमित रूपमा सम्पर्कमा रहने र परम्परागत बीमाको दायरालाई पार गरेर प्रत्यक्ष भेटघाट गर्ने कम्पनीले बताएको छ।
यी भेटघाटहरू केवल शिष्टाचार भेट मात्र नभई ग्राहकहरूलाई बीमा योजनाहरूको जानकारी र अन्य विभिन्न सेवाहरूको विस्तृत मार्गनिर्देशनहरू प्रदान गर्दै सेवाहरूलाई प्रभावकारी रूपमा प्रयोग गरिने बताइएको छ ।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘यस कार्यक्रम सँगै मेटलाइफ नेपालले ग्राहक संलग्नतामा नयाँ मापदण्ड स्थापना गर्दैछ र उत्कृष्ट ग्राहक–केन्द्रित सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँदैछ। यो कार्यक्रम हाम्रो ग्राहकहरूसँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने महत्वपूर्ण कदम हो, जसले ग्राहकहरुलाई हामी संगको यात्रालाई निर्धक्क भएर अगाडि लैजान आत्मविश्वास दिने लक्ष्य राखेको छ।’