जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने
२८ पुष २०८१, आईतवार ११:०१
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०÷८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ।
यही पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
साथै बैठकले सञ्चालक समितिबाट पारित वित्तीय विवरणहरू राष्ट्र बैंकको स्वीकृति भएपछि वार्षिक साधारणसभा प्रयोजनका लागि प्रकाशन गरिने सिईओ तथा कम्पनी सचिव सुनिल कुमार रायले जानकारी दिएका छन्।