मध्यराति दर्जन बढि सचिवहरुको सरुवा गर्ने प्रधानमन्त्रीको निर्णय, को-को कहाँ पुगे ?

२८ पुष २०८१, आईतवार १०:४२

काठमाडौं । गत शुक्रबार झण्डै चार घण्टा चलेको मन्त्रिपरिषदको बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । कर्मचारी प्रशासनले प्रधानमन्त्री र मन्त्रीहरुलाई असहयोग गरेको भन्दै आक्रोसत व्यक्त गर्दै आएको सरकारले गत शुक्रबार ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । केही माफियाहरुको काम गर्न मन्त्रालयहरुमा कर्मचारीबाट असहयोगको सामना गरेको बदलामा एकाएक सचिवहरुको सरुवा गरिएको हो ।

बीमापोष्टलाई प्राप्त जानकारी अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्द निरौलालाई हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सरुवा गरिएको छ । श्रम मन्त्रालयका निरौलाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ । श्रम मन्त्री शरदसिह भण्डारीको घुस सेटिङमा सचिवले हस्ताक्षर गर्न मानेका थिएनन् । मन्त्री भण्डारीले आफ्नै गृह जिल्ला महोत्तरीका कृष्णहरिलाई मन्त्रालयमा भित्राएका छन् । पुस्करको स्थान प्रधानमन्त्री कार्यालयमा कर्णाली प्रदेशका मुख्यसचिव चूडामणि पौडेललाई सरुवा गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । आयोगका सचिव रवीलाल पन्थको सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ ।

 

 

महालेखा नियन्त्रक विनोदप्रकाश सिंह संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयमा सरुवा गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेलाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् ।

हाल सरुवा भएको तर मुख्य सचिवबाट प्रमाणिकरण हुन बाँकी भएको विवरण अनुसार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उपराष्ट्रपति कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतलाई सरुवा गरिएको छ । त्यस्तै, महिला मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

युवा तथा खेलकुद मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयमा बागमती प्रदेशका प्रदेश प्रमुख सचिव डा. हरिप्रसाद लम्सालको सरुवा भएको छ । उल्लेखित बाहेकका मन्त्रालयहरुमा पनि सरुवा भएको बुझिएको छ । सरुवा भएका सचिवहरु मध्ये केही दौडधुपमा लागि सकेका छन् । छुटेका र मिलाउनु पर्नेहरुका कारण थप केही सचिवहरुको सरुवा सम्बन्धी माईन्यूटमा संशोधन हुने बताइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*