नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

२८ पुष २०८१, आईतवार १०:३५

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो ।

कम्पनीको आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद (करसहित) गरेर जम्मा २१.०५ प्रतिशत लाभांश दिने भएको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात शेयरधनीहरुलाई वितरण गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*