अपुग कागजात पेश गरी दाबी भुक्तानी लिन यूनाइटेड अजोडको आग्रह
२८ पुष २०८१, आईतवार ०९:१५
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत असार ३१ गतेसम्म परेका दाबी निवेदनमा अपुग कागजात पेश गरी भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ।
विभिन्न मितिमा बीमा दाबीको निवेदन परेको तर पेश गरिएको कागजात अपुग रहेको र बीमित तथा बीमितिका प्रतिनिधि सम्पर्कमा नआएपछि दाबी भुक्तानी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ।
कम्पनीले ३५ दिनभित्र बीमितलाई आवश्यक कागजात सहित कम्पनीको प्रधान, प्रादेशिक तथा शाखा कार्यालय तथा कम्पनीबाट खटाइएका सम्बन्धित क्षति मूल्याङ्कतकर्तालाई सम्पर्क गरी दाबी भुक्तानी लिन आग्रह गरेको छ।
साथै तोकिएको म्यादभित्र पनि बीमितले दाबी भुक्तानी नलिएमा सम्बन्धित बीमितको फाइल बन्द गरिने सूचनामा उल्लेख गरिएको छ।