कुमारी बैंकले माघ २१ गते बोलायो साधारणसभा

२८ पुष २०८१, आईतवार ०७:११

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा आउदो माघ २१ गते काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ।

कुमारी बैंकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन।

गत आवको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ। साथै सहायक कम्पनी कुमारी क्यापिटल र के.बि.एल सेक्यूरिटिज लिमिटेडको गत आवको वित्तीय विवरण पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि बैंकले माघ ११ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ। बुक क्लोजको आधारमा माघ १० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*