धितोपत्र बोर्डको कामु अध्यक्षमा निरज गिरी, अर्थमन्त्रालयले पठायो पत्र

२९ भाद्र २०७८, मंगलवार १४:५६

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको सम्पूर्ण काम आजबाट कार्यकारी निर्देशक डा. निरज गिरीले पाएका छन् । अर्थमन्त्रालयले हिजो धितोपत्र बोर्डमा पठाएको पत्रमा अध्यक्षको रुपमा बोर्डबाट हुने दैनिक प्रशासन लगायतका सम्पूर्ण कार्य गर्न गिरीलाई तोकिएको उल्लेख गरिएको छ ।

यही भदौं १७ गतेअर्थ मन्त्रालयले सर्वोत्तम सिमेन्ट प्रकरण छानविनको लागि ढुंगानालाई निलम्वन गरेको थियो । ढुंगाना निलम्वनमा परेपछि बोर्डको दैनिक काम प्रभावित भएको थियो ।मन्त्रालयले हिजो पत्र मार्फत गिरीलाई बोर्डको दैनिक प्रशासनिक कार्य र बोर्ड सञ्चालन गर्न जिम्मेवारी तोकेको छ । शेयर बजार सम्बन्धी राम्रो ज्ञान भएका गिरीले अर्को निर्णय नभएसम्म बोर्डको निमित्त अध्यक्षको जिम्मेवारी सम्हाल्ने छन् ।

बोर्डकी सूचना अधिकारी दीपा दाहालले अर्थमन्त्रालयबाट पत्र आएको जानकारी दिँदै आजैदेखि डा. गिरीले बोर्डको दैनिक प्रशासन लगायतमा अध्यक्षको काम गर्ने जानकारी दिईन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*