विदेशी विनिमय सञ्चिति करिब २३ खर्ब, १८ महिनाको आयात धान्ने

२६ पुष २०८१, शुक्रबार १७:५२

काठमाडौँ । देशको कुल विदेशी विनिमय सञ्चिति २२ खर्ब २६ अर्ब २६ करोड रुपैयाँ रहेको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बर्तमान वित्तीय तथा आर्थिक अबस्थाले उक्त सञ्चिती रहेको देखाएको हो ।

केन्द्रिय बैंक अनुुुसार २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.४ प्रतिशतले वृद्धि भई २०८१ मङ्सिर मसान्तमा २२ खर्ब ७३ अर्ब २६ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा ९.७ प्रतिशतले वृद्धि भई १६ अर्ब ७६ करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*