प्रचण्डको कुर्ची अगाडि माधव नेपाल र राजेन्द्र लिङ्देन, कांग्रेसले ओलिको विकल्प खोजेकै हो ?

२६ पुष २०८१, शुक्रबार १७:१८

काठमाडौँ । माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच सिहंदरबारमा बिहिबार नियोजित भेटवार्ता भयो । हिजै कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री केपी शर्मा ओलिको औचित्य सकेको अभिब्यक्ति दिए । यता, नेपाली कांग्रेसका अर्का नेता एनपि साउँदले सरकार स्थायी भएर विकासमा मुद्दामा केन्द्रित हुन नसकेको र सहमति विपरित काम गरि रहेको हुँदा सरकार धेरै दिन चल्न नसक्ने तर्क दिए । उक्त घटनाको दोस्रो दिन आज सिंहदबारमा माओवादी अध्यक्ष प्रचण्डको कुर्ची अगाडि समाजवादीका अध्यक्ष माधव नेपाल र राप्रपाका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन उपस्थित भएका छन् ।

प्रधानमन्त्री केपी ओलिको सरकार गम्भीर संकटमा परेको चर्चा चलिरहेको बेला आज सिहंदरबारको भेटवार्ताले उक्त चर्चालाई मलजल गरेको छ । सत्ता गठनबन्धनसँग कांग्रेस आफै असन्तुष्ट, राज्यका महत्वपूर्ण निकायमा विवादीत नियुक्ति र अन्तर्राष्ट्रिय सन्तुलन कायम गर्ने सफल भन्ने आरोपकाबीच विपक्षहरुको दौडधुपलाई अर्थपूर्ण रुपमा लिएको छ । भर्खरै रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आइतबार मात्रै स्वैच्छिक गिरफ्तारी दिने भएकोले सो अघि प्रचण्ड र रविबीच पनि भेटवार्ता हुन सक्ने बताइएको छ ।

सत्ता गठबन्धन कांग्रेसलाई प्रधानमन्त्री केपी ओलिले संविधान संशोधन, देशको अर्थब्यवस्था र भ्रष्टाचारमाथि कारबाहीको मामिलामा असफल देखिन्छन् । निकट भविष्यमा बीमा प्राधिकरण, नेपाल राष्ट्र बैंक जस्ता महत्वपूर्ण ठाउँहरुमा नयाँ नियुक्ति गर्ने विषयमा पनि प्रधानमन्त्री ओलिले नेपाली कांग्रेसलाई नटेर्ने संकेत कांग्रेस पार्टी सभापति शेर बहादुर देउवाले पाइसकेका छन् । कांग्रेस नेता केसीको निष्कर्ष झै सभापति देउवा पनि ओलिसँग आजित भइसकेको चर्चा कांग्रेस भित्र सुनिन्छ ।

अहिले बजारमा चलेको हल्ला अनुसार नयाँ सरकार छिट्टै गठन हुनेवाला छ । यकाथरी मानिसहरुले प्रम ओलिका मन्त्रीहरुलाई आगामी जेठसम्म थप कुहिन दिनुपर्छ भनेर समेत लबिङ गरिरहेका छन् । त्यसैले अहिले नै नयाँ सरकार बन्छ वा वर्तमान सरकार चल्छ भनेर भन्न सकिने अवस्था छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*