आरबीसीएललाई आगामी अडिटको कार्ययोजना पेश गर्न प्राधिकरणको एक साताको ‘अल्टिमेटम’
काठमाडौ । नेपाल बीमा प्राधिकरणलाई अव्यवस्थित आरबीसीएलाई आगामी अडिटको कार्ययोजना पेश गर्न एक साताको ‘अल्टिमेटम’ दिएको छ।
यसअघि बीमा प्राधिकरणलाई अटेर गर्दै प्राधिकरणको पत्रको चाङलाई वेवास्ता गर्र्दै आएको कम्पनीलाई प्राधिकरणले पत्र नभई संवयम बोर्ड र कम्पनीका सम्बन्धीत शाखाका पदाधिकारीहरुलाई उपस्थित गराएर नै एक साताको चेतावनी दिएको हो । प्राधिकरणले आगामी अडिटको प्रगती विवरण र कार्ययोजना पेश गर्न निर्देशन दिएको हो ।
कैफियतको भारी र अडिटरको राय बिना नै सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीको साधारणसभा सम्पन्न गरिसकेको छ।
गत साता मात्रै सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारण सभा लगानीकर्ताको आक्रेशको प्रश्नको चाङको सामाना पनि कम्पनीले गनुपरेको थियो ।
अर्थमन्त्रालयको प्रेसरमा हतार हतार बार्षिक प्रतिवेदन पारित गरेर एजीएम सक्ने तरखर गरेको कम्पनीलाई प्राधिकरणले विभिन्न शर्त सहित एक साताको अल्टिमेटम दिएको हो ।
राष्ट्रिय बीमा कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७३ ÷ ७४ र आर्थिक वर्ष २०७४÷७५ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिसकेको छ ।
आर्थिक वर्ष ७५र७६ को वार्षिक प्रतिवेदन बीमा प्राधिकरणमा पेश वार्षिक प्रतिवेदन पेश भएको छ।
अर्थमन्त्रालयका कर्मचारी मात्रै नभई अर्थमन्त्री विष्णु पौडेलको प्रत्यक्ष निर्देशनमा पारित भएको अडिट रिर्पोट नेपाल बीमा प्राधिकरणले समेत स्वीकृत भइसकेको छ ।
अर्थको दवावमा राष्ट्रिय बीमाकम्पनीभित्रका करोडौं रुपैयाँको हर हिसाब नमिलाई तयार पारिएको र प्राधिकरणले समेत ‘कैफियत’ जनाएर पास गरेको अडिट रिर्पोटमा दर्जनौं कैफियतहरु भेटिएपछि प्राधिकरणले कम्पनीलाई बिशेष निगरानीमा राखेको छ।