सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न बीमा प्राधिकरणमा छुटै विभाग खडा
काठमाडौं । बीमा क्षेत्रको सम्पत्ति शुद्धिकरणलाई सुक्ष्म रुपमा नियाल्न नेपाल बीमा प्राधिकरणको सम्पत्ति शुद्धिकरणको विभाग छुटै खडा भएको छ।
बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण (मनि लाउन्उडरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७ प को उपदफा (२) तथा बीमा ऐन, २०७९ को दफा ५ को खण्ड(घ) र दफा १६६ बमोजिमको अधिकारमा रहेर काम कारवाही गर्न सम्पत्ति शुद्धिकरण विभाग छुटै खडा गरेको प्राधिकरणले जनाएको छ।
नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले सम्पत्ति शुद्धिकरण र नियमन विभाग छुटाछुटै भएको राखिएको बताएका छन् । सम्पत्ति शुद्धिकरणको पाटोलाई सुक्ष्म रुपमा निगरानी गर्न नेपाल बीमा प्राधिकरणले यस विभागलाई छुटै राखिएको कामु अध्यक्ष दाहालले बीमापोष्टलाई जानकारी दिएका छन् ।
बीमा प्राधिकरणलाई नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी सम्बन्धी निर्देशिकाले बिशेष गरी ग्राहक पहिचान र शंकास्पद कारोबारको बिषयलाई बढी केन्द्रित गरेको छ।
साथै परिपालना अधिकृत अनिवार्य गरिएको छ भने बीमा कम्पनीहरुलाई जोखिम मूल्यांकन प्रतिवेदन तयार गर्न समेत निर्देशन दिएको छ।
यस बिषयमा बीमा प्राधिकरणका अध्यक्ष सहित बीमा कम्पनीका परिपालना अधिकृतहरुबीच यस बिषयमा छलफल समेत भईसकेको छ।
जसमा बीमा प्राधिकरणले ग्राहकको पहिचान तथा सम्पृष्टि, उच्च पदस्थ व्यक्तिको पहिचान गर्दा थप उपाय अवलम्बन गनुपर्ने, वास्तविक धनी पहिचान, जोखिम मूल्यांकन प्रतिवेदन तयार गनुपर्ने, बृहत ग्राहकको पहिचान, निरन्तर अनुगमन, खास कारोबार र शंकास्पद कारोबारको प्रतिवेदन र सो व्यवस्था लागू नगरेको खण्डमा प्राधिकरणलेरुपैयाँसम्म जरिवाना र संस्था खारेजीसम्म गर्न सक्ने बिषयमा सुक्ष्म ढंगबाट कसरी हेर्न सकिन्छ भन्ने बिषयमा कुराकानी समेत भएको थियो।