सर्वोत्तम सिमेन्टमा कसको सेयर स्वामित्व कति ?
२६ पुष २०८१, शुक्रबार १४:००
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व अध्यक्ष बिष्णु प्रसाद न्यौपानेको रहेको छ । कम्पनीमा अध्यक्ष न्यौपानेको १ करोड १७ लाख ३४ हजार २७९ कित्ता रहेको छ ।
यस्तै सञ्चालक विमल कुमार सावरथिया (कृष्ण इन्टरनेशनल प्रालिको प्रतिनिधि)को ५९ हजार ५५९ कित्ता, तेन्जिङ लाग्नेद तामाङको २७ लाख ८ हजार १४० कित्ता सेयर स्वामित्व छ ।
यस्तै टिकाराम न्यौपानेको ३९ लाख ३ हजार ४८५ कित्ता, उत्सव न्यौपानेको ५ हजार ९५६ कित्ता र शिव सिंह कार्कीको ५०० कित्ता सेयर स्वामित्व छ ।