नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने
२६ पुष २०८१, शुक्रबार १३:२६
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।