नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

२६ पुष २०८१, शुक्रबार १३:२०

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासन गर्न अनुमति पाउने दोस्रो लघुबीमा कम्पनी बनेको छ।

नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रोलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँका दरले कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने अनुमति पाएको हो।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*