यस वर्ष सात वाणिज्य तथा विकास बैंकको लाभांश १०% माथि, कुनको कति ?
काठमाडौँ । आम सर्वसाधारण सबैको पूँजी बजारमा लगानी गर्ने सोच हुन्छ । तर, उचित प्रतिफल दिने र वित्तीय विवरण बलियो भएका वाणिज्य तथा विकास बैंक छान्न कठिन हुन्छ । यस वर्ष सात वटा वाणिज्य तथा विकास बैंकको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको छ ।
यस वर्ष पाँच वाणिज्य बैंक र दुई विकास बैंकको लाभांश १० प्रतिशतबढी रहेको छ । जसमा स्ट्याण्टर्ड चार्टड बैंकको २५ प्रतिशत, एभरेष्ट बैंकको १५.५३ प्रतिशत, कृषि विकास बैंकको १०.५३ प्रतिशत, नबिल बैंकको १० प्रतिशत लाभांश रहेको छ ।
त्यस्तै, विकास बैंकहरुमा कामना सेवा बैंकको १२ प्रतिशत लाभांश र मितेरी डेभलपमेन्ट बैंकको १० प्रतिशत लाभांश रहेको छ । यसमा अधिकांश बैंकहरुले प्रस्तावित लाभांश साधारणसभाबाट पारित गरेर सम्बन्धित शेयरधनीको डिम्याट खातमा समेत जम्मा गरिसकेका छन् ।