के पूँजी बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने लघुवित्तहरु

२६ पुष २०८१, शुक्रबार ११:१७

काठमाडौँ । आम सर्वसाधारण सबैको पूँजी बजारमा लगानी गर्ने सोच हुन्छ । तर, उचित प्रतिफल दिने र वित्तीय विवरण बलियो भएका कम्पनीहरु छान्न कठिन हुन्छ । यस वर्ष १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको छ ।

यस वर्ष लघुवित्त कम्पनीहरुको लाभांश वितरण सन्तोषजनक रहेको छ । यी कम्पनीहरुको लाभांश क्षमता बढी भएतापनि अर्थात शेयरधनीहरुलाई बढी प्रतिफल दिन चाहेपनि नेपाल राष्ट्र बैंकले कुनै पनि लाभांश कम्पनीहरुलाई १५ प्रतिशतभन्दा बढी लाभांश वितरण नगर्न निर्देशन दिएको छ । जसकारण लघुवित्तहरुले १५ प्रतिशतभन्दा बढी प्रतिफल वितरण गर्न नपाएका हुन् ।

यस वर्ष कुल १५ वटा लघुवित्त कम्पनीहरुको १० प्रतिशतमाथि लाभांश रहेको छ । जसमा आत्मनिर्भर, नेष्डो समृद्ध, मिथिला, छिमेक, स्वावलम्बन, आशा, गुराँस र नेशनल लघुवित्तको १५ प्रतिशत लाभांश रहेको छ । त्यस्तै, जीवन विकास, साना किसान र सपोर्ट माइक्रोफाइनान्सको १४ प्रतिशतबढी लाभांश रहेको छ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*