महिला लघुवित्तका शेयरधनीको हात रित्तो

२६ पुष २०८१, शुक्रबार १०:४०

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।

लघुवित्तको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही निर्णय बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र पारितका लागि आगामी वार्षिक साधारणसभामा पेश गर्ने निर्णय समेत गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*