अमेरिकी डलर उच्च विन्दुमा स्थिर, अन्य मुद्राको विनिमयदर कति?
२६ पुष २०८१, शुक्रबार ०७:४४
काठमाडौं । शुक्रबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ। यस दिन एक अमेरिकी डलरको खरिदमूल्य १३७.०६ रुपैयाँ र बिक्रीमूल्य १३७.६६ रुपैयाँ रहेको छ।
त्यसैगरी यस दिन यूरोको खरिदमूल्य १४१.१८ रुपैयाँ र बिक्रीमूल्य १४१.८० रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९३ रुपैयाँ र बिक्रीमूल्य ८५.३० रुपैयाँ रहेको छ।
त्यस्तै नेपाल राष्ट्र बैंकले १० जापानिज येनको खरिदमूल्य ८.६८ रुपैयाँ र बिक्रीमूल्य ८.७२ रुपैयाँ तोकेको छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ निर्धारण गरेको छ।