सप्तकोशी विकास बैंकको २२ हजार कित्ता शेयर बिक्रीमा

२६ पुष २०८१, शुक्रबार ०६:४२

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक समूहको २२ हजार ८६० कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो।

बिक्रीमा राखिएको शेयरमध्ये संस्थापक शेयरधनी अन्जु चापागाई ढकालको स्वामित्वको १० हजार ६५९ कित्ता, ललित उपाध्याय बास्कोटाको स्वामित्वको १० हजार ९८२ कित्ता र चन्द्रकान्त भट्टराईको स्वामित्वको १ हजार २१९ कित्ता शेयर रहेको छ।

यो शेयर खरिद गर्न इच्छुक संस्थापकले माघ ३० गते कार्यालय सयमभित्र बैंकको कर्पाेरेट कार्यालय, विराटनगर, मोरङमा निवेदन दिनु पर्नेछ। साथै उक्त म्यादभित्र संस्थापकबाट शेयर खरिद नभएमा बाँकी वा सम्पूर्ण शेयर सर्वसाधारणमा बिक्री खुला गरिने बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*