गार्डियन माइक्रो लाइफको आइपीओमा १७ लाखको हात रित्तो हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा १७ लाख २३ हजार ९३१ जनाको हात रित्तो हुने भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म १९ लाख ८ हजार ३३१ जनाले २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब ५२ करोड ७ लाख ६९ हजार रुपैयाँ संकलन भएको छ ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेको हुँदा आइपीओ बाँडफाँट गोलाप्रथाबाट हुनेछ ।
गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुँदा १ लाख ८४ हजार ५०० जनाले १०।१० कित्ताका दरले शेयर प्राप्त गर्नेछन् । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।