डलरको मूल्य पुनः उचाइमा, अन्य मुद्राको विनिमयदर कति?

२५ पुष २०८१, बिहीबार ०६:२४

काठमाडौं । बुधबार घटेको अमेरिकी डलरले आज बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन एक डलरको खरिदमूल्य १३७.०७ रुपैयाँ र बिक्रीमूल्य १३७.६६ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

२३ गते मंगलबार डलरले नयाँ रेडर्क बनाउदै खरिदमूल्य १३७.०३ रुपैयाँ र बिक्रीमूल्य १३७.६३ रुपैयाँ कायम भएको थियो भने बुधबार घटेको थियो।

त्यस्तै यस दिन एक यूरोको खरिददर १४१.१८ रुपैयाँ र बिक्रीदर १४१.८० रुपैयाँ कायम भएको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ८५.०७ रुपैयाँ र बिक्रीदर ८५.४४ रुपैयाँ कायम भएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज १० जापानिज येनको खरिदभाउ ८.६५ रुपैयाँ र बिक्रीभाउ ८.६९ रुपैयाँ कायम भएको छ भने १०० दक्षिण कोरियन वनको खरिददर ९.३७ रुपैयाँ र बिक्रीदर ९.४१ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*