अन्तिम दिनसम्म १९ लाखले भरे गार्डियन माइक्रोको आइपीओ, साढे २ अर्ब संकलन
काठमाडौँ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म २ अर्ब ५१ करोड ९० लाख ३६ हजार रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरीङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिन (पुष २४ गते) साँझ ०५ः०७ बजेसम्मको अवधिमा कम्पनीको आइपीओमा १९ लाख ६ हजार ७४८ जनाले २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका हुन् ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १८ लाख ४५ हजार कित्ता शेयर निष्कासन गरेको थियो । यसबाट कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ संकलन गर्ने छ ।
कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको थियो। कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ ।