चाडपर्व लक्षित गरि एभरेष्ट बैंकले ल्यायो ‘एभरेष्ट उत्सवमय अफर’

२९ भाद्र २०७८, मंगलवार १२:०५

काठमाडौं । एभरेष्ट बैंकले दशै तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा सुविधा दिनका लागि उक्त अफर संचालनमा ल्याएको हो ।

चाडपर्वको अवसरमा बैंकले घर कर्जा, स्वरोजगारी तथा उद्यमीको लागि साना तथा मझौला उद्योग कर्जा, विभिन्न सवारी साधन कर्जा र व्यक्तिगत कर्जा योजना सार्वजनिक गरेको हो ।

बैंकले सार्वजनिक गरेको उक्त अफर अन्तर्गत बैैंकका ग्राहकहरुलाई घर कर्जा ७.४८ प्रतिशत, साना तथा मझौला उद्योग कर्जा ७.२४ प्रतिशत, गाडी कर्जा ६.८८ प्रतिशत, मोटरसाइकल कर्जा ७.९९ प्रतिशत तथा व्यक्तिगत कर्जा ७.९९ प्रतिशत ब्याजदरमा उपलब्ध गराउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*