नेपाल बंगलादेश क्यापिटलको तेस्रो वार्षिक साधारण सभाको मिति तय, १९% नगद लाभांश वितरण मुख्य एजेण्डा

२९ भाद्र २०७८, मंगलवार ११:२४

काठमाडौं । नेपाल बंगलादेश क्यापिटलले तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । क्यापिटलले सभा असोज १८ गते सोमबार इन्द्रेणी फुडल्याण्ड, बानेश्वर काठमाडौंमा दिनको ४ः१५ बजे डाकेको हो ।

कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको ४७ औं बैठकले कम्नपीको तेस्रो वार्षिक साधारण सभा सोही मिति, समय र स्थानमा हुने निर्णय गरेको हो ।

सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्नछ । साथै आर्थिक वर्ष २०७७।०७८ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ ।

त्यस्तै , आव २०७७।०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, सोही आवको संचित मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई गत आवको असार मसान्तसम्म कायम रहेको चुक्ता पूँजीको १९ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पािरत गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले चालु आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण गर्न लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण समेत गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*