सनराइज बैंकको संस्थापक शेयर बिक्रीमा

२९ भाद्र २०७८, मंगलवार ११:००

काठमाडौं । सनराइज बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको १ हजार ८९५ कित्ता शेयर बिक्री गर्न लागेको हो ।

बैंकका संस्थापक शेयरधनी चिराग गोयलले आफ्ना नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए पश्चात संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१९ रुपैया तोकेको छ । जसअनुसार सो शेयर खरिद गर्नका लागि सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्नुपर्नेछ ।

उक्त संस्थापक शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय गैह्रिधारामा शेयर रजिष्ट्रार विभागको लाहाछाप सहित निवेदन पेश गर्नुपर्नेछ ।

साथै, तोकिएको अवधि भित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त संस्थापक शेयर अन्य व्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*