नेपाल राष्ट्र बैंकले दियो सेन्ट्रल फाइनान्सलाई भुक्तानी सेवा प्रदायक अनुमति

२८ भाद्र २०७८, सोमबार १९:०३

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडलाई नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक सम्बन्धी कार्य गर्न अनुमति दिएको छ । उक्त अनुमति पाएसंगै फाइनान्सले आफ्ना ग्राहकहरुले गुुगलको प्ले स्टोर तथा एप्पलबाट मोबाइल बैकिङ एप सेवा डाउनलोड गरी संचालन गर्ने छ ।

फाइनान्सले डेबिट कार्ड, एसएमएस बैंकिङ, चेक क्लियरिङ, आईपीएस, कनेक्ट आईपीएस र सी आस्वा सेवा दिदै आइरहेको छ । अहिले फाइनान्सले १५ वटा शाखा कार्यालयबाट बैंकिङ सेवा दिदै आइरहेको थियो । संस्थाको हालको चुक्तापूजी ८८ करोड १० लाख रुपैया रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*