माछापुच्छ्रे बैंकले ल्यायो अनलाइनबाटै डिम्याट खोल्न सकिने सुविधा

२८ भाद्र २०७८, सोमबार १७:४१

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले अनलाईनबाटै डिम्याट खाता खोल्न मिल्ने सुविधा ल्याएको छ । यसअघि बैंकका शाखा कार्यालयबाटै खोल्ने सकिने डिम्याट खाता ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाईनमार्फत हितग्राही खाता खोल्ल सकिने सुविधा ल्याएको हो ।

कोरोना माहामारीको जोखिम कायमै रहेका कारण बैंकहरुमा भिडभाड कम होस् भन्ने हेतुले बैकले अनलाईन मार्फत डिम्याट खाता खोल्न सकिने व्यवस्था ल्याएको हो ।

उक्त खाता खोल्नका लागि बैंकको वेबसाईटमा रहेको अप्लाई नाउ सेक्सनमा गर्ई वा लिंक प्रयोग गरी आवश्यक कागजात खुलाई डिम्याट खाता खोल्न सकिने छ ।

त्यस्तै माछापुच्छ्रे बैंकमा खाता हुने ग्राहकहरुले अनलाईन मार्फत नै डिम्याट खाता नम्बर प्राप्त गर्नेछन् भने अन्य बैंकमा खाता भएकाले अनलाइन मार्फत डिम्याट खाता भरी माछापुच्छ्रे बैंकका शाखा कार्यालयमा गई डिम्याट खाता नम्बर प्राप्त गर्न सक्नेछन् ।

अनलाइन डिम्याट खाता संचालनले भिडभाड कम हुनका साथै शेयरधनीहरुले सहजै रुपमा खाता खोल्न सक्ने विश्वास बैंकले लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*