थप १४८६ जनामा कोरोना संक्रमण पुष्टि, १२६० कोरोनामुक्त

२८ भाद्र २०७८, सोमबार १७:०४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ४८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १६ हजार ५३९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार १४९ र ३३७ जना एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, सोमबार पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमितको मूत्यु हुुँदा १ हजार २६० कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर २६ हजार ६३० जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*