नेपाल फाइनान्सको वार्षिक साधारण सभा सम्पन्न

२८ भाद्र २०७८, सोमबार १५:००

काठमाडौं । नेपाल फाइनान्सको २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ उक्त सभा कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा भर्चुअल सम्पन्न भएको हो ।सभामा कम्पनीले १ :१.७५ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने निर्णयलाई परिमार्जन गरी ललितपुर फाइनान्सलाई प्राप्ति पछि कायम चुक्तापूँजीको ७० प्रतिशत अर्थात् १ः ०.७० अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने गाभिने तथा प्राप्ति गर्ने कार्य अगाडि बढाउनका लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*