अपर तामाकोशीले दुई आर्थिक वर्षको साधारण सभा डाक्यो, के–के छन् एजेण्डा ?

२८ भाद्र २०७८, सोमबार १२:४६

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले १२ औं र १३ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको भदौ १७ गते बसेको संचालक समितिको २३८ औं बैठकको निर्णयअनुसार दुई आर्थिक वर्षको वार्षिक साधारण सभा असोज १९ गते मंगलबार नेपाल विद्युत प्राधिकरण, दरबारमार्ग, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यममार्फत हुने भएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५।७६ र आर्थिक वर्ष २०७६।०७७ दुई वर्षको बाह्रौं र तेह्रौं वार्षिक साधारण सभा गर्न लागेको हो । १२ औं सभाले आयोजना प्रभावित दोलखा जिल्ला स्थित विभिन्न सामाजिका संस्थाहरु लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न समितिको निर्णअनुसार आर्थिक वर्ष २०७५।०७६ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्नेछ ।

साथै संचालक समितिका अध्यक्षबाट प्रस्तुत कम्पनीको सोही आवको वार्षिक प्रतिवेदनको प्रस्तुती र सो प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५।०७६ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण माथि छलफल गरी पारित गर्ने एजेण्डा रहेका छन् ।

त्यस्तै, तेह्रौ वार्षिक साधारण सभाले पनि दोलखा जिल्ला स्थित विभिन् सामाजिक संजाल लगायत अन्य संस्थाहरुलाई संचालक समितिको विभिन्न मितिको निर्णयअनुसार आव २०७६।०७७ मा आर्थिक सहयोग उपलब्ध गराइएको रकम अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्नेछ ।

साथै आर्थिक वर्ष २०७६।०७७ को वार्षिक प्रतिवेदनको प्रस्तुती र सो प्रतिवेदन पारित गर्ने, सोही आवको लागि लेखापरीक्षक नियुक्त गरी लेखापरीक्षण समितिको निर्णयअनुसार मूल्य अभिबृद्धि कर बाहेक एकमुष्ठ ५ लाख रुपैयाँ लेखापरीक्षण शुल्क निर्धारण गरीएकोले सोको अनुमोदन गर्ने एजेण्डा रहेको छ ।

कम्पनीको साधारण सभा प्रयोजनका लागि असोज ४ गते एक दिन बुकक्लोज बन्द गरिनेछ । जसअनुसार बुकक्लोज बन्द भएको अघिल्लो दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा सहभागी हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*