रिलायबल नेपाल लाइफका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका ग्राहक, अभिकर्ता र कर्मचारीले पोखरास्थित अन्नपूर्ण केबलकारमा उपलब्ध सेवा सुविधामा ३० प्रतिशतसम्म छुट पाउने भएका छन्।
रिलायबल लाइफ र अन्नपूर्ण केबलकारबीच भएको दुई पक्षीय समझदारीमा यो निर्णय गरिएको हो। समझदारीपत्रमा रिलायबल लाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबलकारका सञ्चालक चन्द्र बहादुर कार्कीले हस्ताक्षर गरेका छन्।
रिलायबल लाइफले जीवन बीमा सेवा शुरू गरेको सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको छ। हालसम्म ७० लाखभन्दा बढी बीमितहरूले यस कम्पनीको बीमालेख खरिद गरेका छन्।
अन्नपूर्ण केबलकारसँगको यो समझदारीले रिलायबलका ग्राहकहरूलाई विशेष सहुलियत प्रदान गर्ने विश्वास कम्पनीले जनाएको छ।