आधा दर्जन कम्पनीले हकप्रद शेयर निष्काशन गर्दै, कुन कम्पनीको कति कित्ता?

२८ भाद्र २०७८, सोमबार १२:२७

काठमाडौं । विभिन्न ६ वटा कम्पनीको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा हकप्रद शेयर निष्कासन तथा स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् । तोकिएको समयमा चुक्ता पूँजी पुर्याउनका लागि विभिन्न कम्पनीहरुले हकप्रद शेयर निष्काशन गर्न लागेका हुन् ।६ वटा कम्पनीहरुले कूल एक अर्ब ७८ करोड ४० हजार ९ सय ८४ कित्ता हकप्रद शेयर निष्काशनका लागि आवेदन दिएका हुन् । जसमध्ये दुई बीमा कम्पनी र फाइनान्स, विकास बैंक र हाईड्रो पावर कम्पनीहरु रहेका छन् ।

नेपाल धितोपत्र बोर्डमा समृद्धि फाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, छ्याङदी हाईड्रो पावर, कर्पोरेट डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंकले निवेदन दिएका छन् ।

सेबोनमा आवेदन दिएका मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर रहेको छ । कम्पनीले बोर्डमा ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता शेयरका लागि आवेदन दिएका छन् । दोस्रोमा आईएमई जनरल इन्स्योरेनस कम्पनी रहेको छ । कम्पनीले बोर्डमा ४६ लाख ३० हजार ३ सय ४४ कित्ता शेयर हकप्रद जारी गर्न बोर्डमा आवेदन दिएका छन् ।

तेस्रोमा कर्पोरेट डेभलपमेन्ट बैंक रहेको छ । कम्पनीले बोर्डमा ३० लाख कित्ता हकप्रद जारी गर्न अनुमति मागेको छ । त्यस्तै, बोर्डमा समृद्धि फाइनान्सको २७ लाख २९ हजार ७ सय ५ कित्ता, नारायणी डेभलपमेन्ट बैंकको १३ लाख १२ हजार ३ सय ३८ कित्ता र छ्याङ्दी हाईड्रो पावरको ८ लाख ३० हजार २५ कित्ता शेयर हकप्रद शेयरका लागि आवेदन दिएका छन् ।

हकप्रद शेयर भनेको के हो ?

सर्वसाधारणका लागि साधार शेयर निष्काशन गरिसकेको कम्पनीले भबिष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्कासन गरिने शेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान सेयरवालाहरुलाई प्राप्त हुन्छ । यस्तो पुनः निष्काशन गरिने शेयरमा विद्यमान सेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ ।

लगानीकर्ताले हकप्रद सशयर खरिद गर्न तोकिएको दर अनुसार मूल्य तिर्नुपर्ने हुन्छ जस्तैः १ बराबर १ अर्थात १ को अनुपातमा १ हकप्रद सेयर जारी गर्ने भनिएमा सो कम्पनीको १०० कित्ता सेयर हुनेले कम्पनीबाट एक कित्ताको रु १०० रुपैया तिरेर थप १०० सेयर किन्न पाउँछ । हकप्रद सेयर जारी गर्दा अनुपात वा प्रतिशतमा जारी गरिएको हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*