एचआईडिसिएलको हकप्रद शेयर बाँडफाँड

२८ भाद्र २०७८, सोमबार १२:१८

काठमाडौं । हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँड भएको छ । कम्पनीले साउन ५ गतेदेखी भदौ ८ गतेसम्म बिक्रीमा ल्याएको ११ अर्ब बराबरको हकप्रद शेयर भदौ २६ गते बाडफाड भएको हो । चुुक्तापूजीको १ः१ अनुुपातमा न्यूनतम १ सय रुपैया अंकित गरी १ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो ।

कम्पनीले तोकिएको अवभि भित्र प्राप्त १ लाख ९६ हजार ४२४ जनालाई ७ करोड ३६ लाख ७० हजार २७६ कित्ता हकप्रद शेयर बाँडफाँड गरेको हो । हकप्रदमा बिक्री नभएको ३ करोड ६२ लाख २९ हजार ७२४ कित्ता लिलामीमा आउने भएको छ । बाँडफाँडमा नपरेका हकप्रद शेयर बापतको रकम भदौ ३१ गतेदेखी बैंक खातामा रकमान्तर हुनेछ । कम्पनीको बिक्री प्रबन्धकका रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*