घोडीघोडा लघुवित्तले यूनिक नेपाल लघुवित्तसँगको मर्जर सम्झौतालाई अनुमोदन गर्न बोलायो विशेष साधारण सभा

२८ भाद्र २०७८, सोमबार १२:२१

काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडले यूनिक नेपाल लघुवित्त वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी भए गरेका सम्झौताहरु अनुमोदन गर्न विशेष साधारण सभा आह्वान गरेको छ ।

घोडीघोडा लघुवित्तको संचालक समितिको भदौ २७ गते बसेको संचालक समितिको ११४ औं बैठकले सभा होटल रुबस वैयाबेहडी घनगढीमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।

सभाले घोडीघोडा लघुवित्त वित्तीय संस्थाको १०० शेयर बराबर युनिक नेपाल लघुवित्तको ५० कित्ता शेयर अनुपातमा मर्जर हुने प्रस्ताव पारित गर्नेछ । साथै दुई लघुवित्तबीच मर्जर सम्झौतासँगै कम्पनीको सम्पूर्ण शेयर कारोबार पनि रोक्का गरिएको छ ।

घोडीघोडा लघुवित्तले युनिक नेपाल लघुवित्तसँग २०७७ कात्तिक २१ गते एकआपसमा गाम्भे।गाभिने मर्जरमा जाने सम्बन्धी सम्झौता भएको थियो । जसअनुसार २०७७ कात्तिक २० गते सम्म नेप्सेमा कायम रहेका शेयरधनीहरुले मात्र विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*