सुन तोलामा ३ सयले बढ्यो, प्रतितोला कति?

२८ भाद्र २०७८, सोमबार ११:४१

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ३ सयले बढेको छ । हिजो आइतबार ४ सयले घटेको सुन आज ३ सयले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैया र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो आइतबार भने छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ र तेजावि सुनको मूल्य प्रतितोला ८९ हजार ८ सय रुपैया कायम गरिएको थियो ।

त्यस्तै, आइतबार प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको चाँदी आज भने ५ रुपैयाले वृद्धि भइ १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*