मानुषि लघुवित्तले माग्यो कनिष्ठ सहायक, कति चाहिन्छ शैक्षिक योग्यता ?

२८ भाद्र २०७८, सोमबार ११:३०

काठमाडौं । मानुषि लघुुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले सहायक श्रेणीका लागि केही संख्यामा कनिष्ठ सहायक (प्रशिक्षार्थी) माग गरेको हो ।

संस्थाले आफ्ना शाखा कार्यालयमा पदपूर्ति गर्नका लागि एसइईमा सी जिपीएस ग्रेड ल्याई उत्तिर्ण भएको वा प्लस टु उत्तिर्ण भएको कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र संस्थाको केन्द्रीय कार्यालय बनेपा १३ भैसेपाटी काभ्रे तथा शाखा कार्यालय वा संस्थाको इमेल  [email protected] बाट आवेदन दिन सक्नेछन् ।

साथै, कम्प्युटर ज्ञान र मोटरसाईकलको लाइसेन्स भएको व्यक्तिलाई बिशेष प्राथमिता दिने संस्थाले जनाएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*