हुलास इन्फ्राले प्रिमियममा आईपीओ निष्कासन गर्ने
काठमाडौं । हुलास इन्फ्रा लिमिटेडले आईपीओ निष्कासनको प्रस्ताव सहित यही पुस २१ गते साधारणसभा बोलाएको छ। सभा काठमाडौंको कमलादीस्थित गणेशस्थान हामा आईरन बिल्डिङमा बिहान ११ बजेदेखि शुरू हुनेछ।
सभाले शेयर प्रिमियम मूल्यमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने र सोका लागि छुट्याइएको शेयर मध्येबाट कानून बमोजिम तोकिएको प्रतिशतमा सम्बन्धित क्षेत्र तथा समूहलाई निष्काशन तथा बिक्री गर्ने र सोबाट प्राप्त रकमको उपयोग सम्बन्धी प्रस्ताव छलफल गरी पारित गर्नेछ।
त्यसैगरी आईपीओ निष्कासनका लागि आवश्यक अन्य कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।
यसका साथै गत आवको वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, नयाँ कम्पनी सचिव र संञ्चालक समितिको नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि सभामा पेश गरिनेछ।