डलरको भाउ आज पनि स्थिर, अन्य मुद्राको विनिमयदर कति?
१५ पुष २०८१, सोमबार ०७:५२
काठमाडौं । सोमबार पनि अमेरिकी डलरको भाउ स्थिर रहेको छ। नेपाल राष्ट्र बैंकका अनुसार शनिबार नयाँ रेकर्ड बनेदेखि डलरको भाउ एकै मूल्यमा कायम रहेको छ।
आज पनि एक अमेरिकी डलरको खरिदमूल्य १३६.५६ रुपैयाँ र बिक्रीमूल्य १३७.१६ रुपैयाँ रहेको छ। यस दिन एक युराको खरिदमूल्य १४२.४० रुपैयाँ र बिक्रीमूल्य १४३.०३ रुपैयाँ छ भने अष्ट्रेलियन डलरको खरिदमूल्य ८४.९१ रुपैयाँ र बिक्रीमूल्य ८५.२९ रुपैयाँ रहेको छ।