नेपाल इन्स्योरेन्सको लगानी ४ अर्ब २६ करोडबढी, कुन क्षेत्रमा कति?

१२ पुष २०८१, शुक्रबार १२:५९

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव)को प्रथम त्रैमाससम्म विभिन्न क्षेत्रमा गरी कुल ४ अर्ब २६ करोड ८७ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको छ।

नेपाल बीमा प्राधिकणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल इन्स्योरेन्सले ‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा सर्वाधिक लगानी गरेको छ। कम्पनीले यसमा मात्रै ३ अर्ब १३ करोड ४३ लाख रुपैयाँभन्दा बढीको लगानी गरेको छ।

त्यस्तै कम्पनीले ‘ख’ वर्गको बैंकको मुद्दती निक्षेपमा ४१ करोड ७५ लाख रुपैयाँ र ‘ग’ वर्गको बैंकको मुद्दती निक्षेपमा २० करोड ४७ लाख रुपैयाँ लगानी गरेको छ।

यस कम्पनीले बैंकहरूको अग्राधिकार शेयर, इन्भेष्टमेण्ट कम्पनीको शेयर, कृषि उत्पादन, सौर्य ऊर्जा, सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा र सूचीकृत नभएको कम्पनीको शेयरमा भने लगानी गरेको छैन।

यता सूचीकृत कम्पनीको शेयरमा ६८ करोड ५ लाख रुपैयाँ, सूचीकृत कम्पनीको बन्ड, डिबेन्चर र ऋणपत्रमा ३८ करोड १ लाख रुपैयाँ, अन्य संस्थापक शेयरमा ७३ लाख रुपैयाँ, नागरिक लगानी कोष र म्युचुअल फण्डमा ५ करोड १३ लाख रुपैयाँ र अन्य लगानी शीर्षकमा ४७ करोड रुपैयाँ लगानी गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*