कोरोना बीमा भुक्तानीको विषयमा छिट्टै निकास दिन्छौंः अर्थमन्त्री शर्मा

२७ भाद्र २०७८, आईतवार १७:५९

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानीको विषय छलफलको क्रम जारी भईरहेको बताएका छन् । आईतबार अर्थमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको दावी भुक्तानीको विषय गम्भीर रहेको र अर्थमन्त्रालयले पनि गम्भीरताका साथ यस बिषयमा छलफल भईरहेको अर्थमन्त्री  शर्माले रहेको बताएका छन् ।

अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रममा बोल्दै, ११ अर्ब रुपैयाँको दायित्व रहेको र चानचुन र सानो रकम होइन, यो गम्भीर विषय हो, दाबी अझ बढ्दै छ भन्ने विषय आएको छ, हामी यसमा गम्भीर नै छौं, यस विषयमा हाम्रो सल्लाह भइरहेको छ र यसलाई हामी छिट्टै निकासा दिने बिषयमा छलफल भईरहेको जानकारी दिएका छन् ।

सरकारले आफ्नो प्रतिवद्धता अनुसार कोरोना बीमाको दावी भुक्तान नगर्दा कोरोना बीमा गराएका व्यक्तिहरुको करिब ११ अर्ब रुपैयाँ दाबी भुक्तानी रोकिएको छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिले पूर्व सहमति अनुसार दिनुपर्ने दाबी भुक्तानी गरिसकेका भएपनि सरकारको दायित्वमा परेको रकम अर्थमन्त्रालयले नदिएपछि भुक्तानीमा समस्या भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*