एनआरएन इन्फ्रास्ट्रक्चरको साधारणसभा आज बस्दै, लाभांश र हकप्रद प्रस्ताव पारित गरिने

१२ पुष २०८१, शुक्रबार ०७:१८

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा आज (पुस १२ गते) बस्दैछ। सभा काठमाडौंको थिरबम सडकस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि शुरू हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ।

साथै लाभांश वितरणपछि कायम हुने चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासनका आवश्यक कार्य अघि बढाउने र ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि सभाका लागि तय गरिएको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २१ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ मंसिर २० गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*