मुक्तिनाथ विकास बैंकद्धारा एक महिनामा ५ वटा संघ संस्थालाई सहयोग

२७ भाद्र २०७८, आईतवार १७:२६

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एक महिनामा ५ वटा संघसंस्थालाई सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत भदौ महिनामा विभिन्न संघसंस्थालाई सहयोग गरेको हो ।

बैंकले मिडिया इन्टरनेशलन, मालपोत कार्यालय कास्की, रेस्ट फाउन्डेशन, प्रगती युवा क्लब र मृगौला प्रत्योरोपणका लागि सहयोग गरेको हो ।
बैंकले प्रदेश १ र २ मा वित्तीय साक्षरताको अभियान ‘फाइनान्सियल डिजिटलाइजेसन लिट्रेसी’ मा सहयोग पुग्ने गरी मिडिया इन्टरनेशनललाई ५० रुपैयाँ सहयोग गरेको हो ।

साथै कास्कीको मालपोत कार्यालयमा आउने सेवाग्राहीको सहजताका लागि ३ थान ३ सिटरको फलामको कुर्सी मालपोत कार्याालय कास्कीलाई उपलब्ध गराएको हो ।

त्यस्तै, बालबालिकाको शिक्षामा टेवा पु¥याउनका मिमित्त रेस्ट फाउन्डेशनलाई ४० हजार रुपैयाँ र भैंसेपाटीस्थित प्रगती युवा क्लबद्धारा आयोजना भएको रक्तदान कार्यक्रममा लागि सहयोग प्रदान गरेको हो ।

साथै बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. २२ का २८ वर्षीय प्रकाश बराललाई आर्थिक स्थिति कमजोर भएको कारण मृगौला प्रत्यारोपणका लागि ५० हजार रुपैयाँ सहयोग गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*