नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया सुरु, सिफारिस समिति गठन

११ पुष २०८१, बिहीबार १८:०७

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तीको लागि सिफारिस समिति गठन गरेसँगै नयाँ अध्यक्षको प्रक्रिया सुरु भएको हो ।

समितिमा राष्ट्रिय योजना आयोगमा बीमा हेर्ने सदस्यको नेतृत्वमा अर्थ सचिव राम प्रसाद घिमिरे र विज्ञ सदस्यको रुपमा ज्योतिचन्द्र ओझा रहने गरी नयाँ समिति गठन गरिएको छ । अध्यक्ष सिफारिस समितिले आफ्नो कार्यविधि बनाएर नयाँ अध्यक्ष नियुक्तीका लागि तीन जना सर्टलिष्ट गरी नेपाल सरकारलाई बुझाउने छ । मन्त्रिपरिषदको बैठकले समितिले पठाएको तीन जना मध्येबाट एक जनालाई अध्यक्षमा नियुक्ती निर्णय हुनेछ ।

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालबिरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दर्ता गरेपछि नेपाल बीमा प्राधिकरणका अध्यक्ष पद रिक्त छ । हाल प्राधिकरणमा अर्थमन्त्रालयका प्रतिनिधि मदन दाहाल कामु अध्यक्षको भूमिकामा रहेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*