प्रभु बैंकद्धारा ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको गुडलक खाता खोल्ने विद्यार्थीलाई अफर

२७ भाद्र २०७८, आईतवार १५:५६

काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ । बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गतको उक्त अकाउन्ट खोल्ने विद्यार्थीलाई विभिन्न अफर ल्याएको हो ।

बैंकले सार्वजनिक गरेका उक्त योजनाको अफरअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीहरुले अब १०० रुपैयाँ बोनस प्राप्त गर्नेछन् । साथै मेरो शेयर र डिम्याट खाता समेत निःशुल्क खोल्न पाउनेछन् ।

बैंकका अनुसार उक्त खाता खोल्ने विद्यार्थीले ई–बैकिङ, मोबाइल बैकिङ र डेबिट कार्ड पनि निःशुल्क रुपमा पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*