फर्स्ट माइक्रोफाइनान्सको साधारणसभा भोलि, लाभांश पारित गरिने
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा भोलि पुस ११ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली व्याङ्केटमा बिहान १० बजेदखि शुरू हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र ०.४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। साथै गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरी ३ जना सञ्चालकको निर्वाचन गर्नेछ।
त्यसैगरी अधिकृत, जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर २३ गते एक दिन बुक क्लोज गरिसकेको छ। यसर्थ मंसिर २० गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।