दीपेन्द्र सिंह ऐरीले पाएको कारको राजस्व सारदा ग्रुपले तिरिदिने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को ‘ओमोडा इलेक्ट्रिफाइङ प्लेयर अफ द टुर्नामेन्ट’ भएका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीलाई ओमोडा ईफाइभ डिलक्स एसयूभीसहित पुरस्कृत गरेको छ ।
एसपीजी अटोमोबाइल्स (ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक) को कम्पनी शारडा ग्रुपले उक्त पुरस्कार दिएको हो । ओमोडा एन्ड जेइको एनपीएलको पहिलो संस्करणका लागि ‘ड्रिभन बाइ’ सह–प्रायोजक समेत हो ।
प्रतियोगिताभरी दीपेन्द्रले ९ खेलमा २२७ रन, ९ विकेट, सात रन–आउट गराउँदै आफ्नो टोलीलाई फाइनल खेलसम्म सफलताको यात्रामा पुर्याएका थिए ।
लिगको समापनपछि आयोजित विशेष समारोहमा ऐरीलाई ओमोडा–इफाइभ प्रदान गरिएको थियो । पुरस्कारबापत गाडीमा लाग्ने कर शारडा ग्रुपले व्यहोर्ने जनाएको छ । उक्त गाडिको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ । जसको कर १५ लाखभन्दा बढी हुन्छ ।